IME Life New

७ लाखको दुर्घटना बीमा सुविधा सहित मुक्तिनाथ विकास बैंकको दुई नयाँ खाता सञ्चालनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ’मुक्तिनाथ संस्थागत उपलब्धी’ खाता नामक चल्ती खाता र ’मुक्तिनाथ व्यक्तिगत उपलब्धी’’ नामक बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले संचालनमा ल्याएको यी खाता अन्तर्गत न्युनतम मौन्दात एक हजारमा विभिन्न किसिमका संघरसंस्थाले खाता खोल्न सक्ने बैंकले जनाएको छ ।

बैंकले पब्लिक कम्पनी, साझेदारी कम्पनी, प्राइभेट कम्पनी, सरकारी तथा गैर सरकारी संघरसंस्था, विभिन्न व्यापाररव्यवसायका छाता संगठनहरु, प्रचलित कानुन बमोजिम दर्ता भई सञ्चालनमा रहेका बचत तथा ऋण सहकारी संघरसंस्था तथा विषयगत सहकारी संघरसंस्था लगायत अन्य संघरसंस्थालाई लक्षित गरी नयाँ दई खाता संचालनमा ल्याएको जनाएको छ ।

Esewa
Crest

यस खाता खोलेका संघसंस्थाका सञ्चालक समितिका सदस्यहरु, साझेदार, प्रोइपाइटरहरुका लागि ७ लाखकोे दुर्घटना मृत्यु बीमाको सुविधा मुख्य विषेशताका रुपमा प्रदान गरिने बैंकले जनाएको छ ।

साथै, मुक्तिनाथ संस्थागत उपलब्धी चल्ती खातामा बीमा सेवाका अतिरिक्त दैनिक मौज्दातमा आकर्षक ब्याजदर (मासिक ब्याज भुक्तानी ) तथा निः शुल्क इन्टरनेट बैकिङ्ग सुविधा लिन सकिने बैंकले जनाएको छ ।

त्यसैगरी मुक्तिनाथ व्यक्तिगत उपलब्धी बचत खाता अन्तर्गत न्युनतम मौन्दात एक सयमा संस्थाका सम्पुर्ण कर्मचारी तथा व्यक्तिगत सदस्यहरुका लागि ७ लाखको दुर्घटना मृत्यु बीमाको सुविधा मुख्य विषेशताका रुपमा प्रदान गरिएको बैंकले जनाएको छ ।

बैंकको संचालनमा ल्याएको उक्त सेवा बैंकको १३३ वटै शाखाहरुबाट लिन सकिने समेत बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS