IME Life New

एशियन लाइफद्धारा अभिकर्ता सम्मान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

वुटवल । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ता सम्मान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको कम्पनीले जनाएको छ ।उक्त कार्यक्रममा उत्कृष्ट व्यवसाय गर्न सफल अभिकर्ताहरुलाई प्रमुख अतिथिले पुरस्कार सहित सम्मान गरेका थिए ।

Esewa
Crest

साथै, विजनेस म्यानेजर होम नारायण बेल्वासेलाई पछिल्लो ३ महिनामा आर्जन गरेको प्रथम बीमाशुल्कको आधारमा सोही कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले कारको साँचो हस्तान्तरण गरे ।कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरु गोमा भट्टराई, उपमा न्यौपाने तथा सिता गैरेलाई सम्मान गरिएको थियो ।कार्यक्रममा नायब कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठले कम्पनीका विभिन्न योजनाका बारेमा प्रकाश पारे ।

उक्त कार्यक्रमको सभापतिको रुपमा तथा बुटवल शाखाका मुख्य प्रबन्धक कृष्ण कुमार पुरी रहेका थिए । साथै उक्त कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।बुटवलको दियालो फुडल्यान्डमा आयोजित उक्त कार्यक्रममा २०० जना अभिकर्ताको उपस्थिति रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS