काठमाडौं । काठमाडौं आउँदै गरेको गौरीशंकर यातायातको बस आज विहान दोलखामा पल्टिँदा एक जना घाइते भएका छन् । दोलखाको गैरीमुदीबाट काठमाडौंका लागि छुटेको बा३ख २९९७ नम्बरको बस चरंगे भन्ने स्थानमा सडकमै पल्टिएर दुर्घटनामा परेको हा ।
चालकको लापरवाहीले भएको दुर्घटनामा दोलखा बैत्यश्वर–२ की कुमारी तामाङ गम्भीर घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालय, दोलखाका अनुसार काठमाडौं आउँदै गरेको बस उकालोमा पछाडि सर्दा भित्तामा ठोक्किएर दुर्घटनाग्रस्त हुन पुगेको हो ।
दोलखामा बस दुर्घटना, एक जना घाइते
![](https://insurancekhabar.com/wp-content/uploads/2019/11/bus-ancident-dolakha.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)