IME Life New

‘बीमा अभिकर्तालाई बहुबीमाको काममा लगाऔं’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सोमबार काठमाडौंमा आयोजित बीमा सम्बन्धी एक अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले बीमा अभिकर्ताहरुर्ला बहुबीमाको काममा लगाउन सके जीवन र निर्जिवन दुवै बीमाको पहुँच बृद्धि हुने धारणा अघि सारेका छन् ।

नेपाल इन्स्योरेन्स कम्पनीका सिईओ बिजय बहादुर शाहले भने, ‘बीमाको महत्व धेरै छ, जीवन र निर्जिवन भनेर छुट्याउने भन्दा पनि बीमा अभिकर्ताहरुलाई बहुबीमाको काममा लगाउन सक्यौं भने त्यसले लाभप्रद नतिजा दिनसक्छ ।’ सिईओ शाहको यो भनाई बीमा क्षेत्रमा अहिले भइरहेको अभ्यासका विरुद्धमा भएपनि बीमाको बजार विस्तारमा कोशेढुंगा सावित हुनसक्ने कार्यक्रमका सहभागीहरुले औल्याएका छन् । शाहले जीवन वा निर्जिवन जुनसुकै बीमा अभिकर्ताले दुवै क्षेत्रको बीमा गराउन पाउने व्यवस्था गर्न सकेमा त्यसले बीमा बजार विस्तारमा कायापलट गर्ने बताए । उनले भने, ‘बीमा अभिकर्ताले अब जीवन मात्रै होइन, टिभी फ्रिज, गरगहना, घर, अन्य सम्पत्तिको बीमा छ छैन भनेर सोध्ने हो भने बीमा बजारको विस्तार हुनेछ ।’

Esewa
Crest

बीमाको महत्व बुझाउन नसकेको कारण बीमा बजार फस्टाउन नसकेको बीमा कम्पनीका अधिकारीहरुको धारणा छ । मिडिया इन्टरनेशनलले आयोजना गरेको बीमा सम्बन्धि अन्तक्रिया कार्यक्रममा बीमा अभिकर्ताहरुले भने सरकारले बीमा अभिकर्ताको अधिकार र भविष्य सुनिश्चित गर्नुपर्ने बताए ।

कार्यक्रममा रिलायन्स इन्स्यारेन्सका प्रमख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले बीमा बजारलाई सुहाँउदो पोलिसी ल्याउने हो भने जीवन बीमाको क्षेत्रमा केही परिर्वतन ल्याउन सकिने बताए । नेपाली बजारमा सुहाउँदो पोलिसी ल्याउदाँ यसले बीमा क्षेत्रलाई अघि बढ्न मद्दत पुराउने र बीमाको महत्वको बारेमा कम जानकारी भएर नै बीमाको दायरा जुन रुपमा अघि बढ्नुपर्ने हो त्यो रुपमा बढ्न नसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS