IME Life New

ज्योति लाइफद्धारा २० लाख ५५ हजार मृत्यु दावी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बीमित जनक केसीको परिवारलाई मृत्यु दावी रकम भुक्तानी गरेको छ ।

कम्पनीले मृतक बीमितको घरमै गई २० लाख ५५ हजार रुपैयाँ हस्तान्तरण गरेको हो । मृत्यु बापत हुने बीमाङ्कको दोहोरो रकम २० लाख र बोनस बापतको रकम ५५ हजार गरी सो बराबरको चेक हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

Esewa
Crest

उक्त रकम इन्स्योरेन्सका क्षेत्रिय प्रवन्धक मोहन पुरीले मृतकका पिता गुमान सिं केसीलाई प्रदान गरेका हुन् ।

मृतक बीमित केसीले कम्पनीको तुलसीपुर उपशाखाबाट २०७५ चैत्र १२ गते १० लाख बीमाङ्कको बीमालेख लिएका थिए । केसीको २०७६ असोज १३ मा मोटरसाईकल दुर्घटनामा परी उपचारको क्रममा निधन भएको कम्पनीले जनाएको छ ।

दावी रकम हस्तान्तरण कार्यक्रममा तुलसीपुर उ.म.न.पा. वडा ९ का वडा सदस्य डम्मर पुरी, प्रहरी सहायक निरक्षक प्रदिप खडका, टोलका अध्यक्ष केशव ओली, घोराही शाखाका प्रवन्धक पूर्ण बहादुर ओली, तुलसीपुर उपशाखा प्रवन्धक कमल सिंह खडका, कम्पनीका एजेन्सी म्यानेजर दिनेश केसी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS