IME Life New

नेपाल इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जनमा सामान्य बृद्धि, अन्य वित्तीय सूचक कस्तो देखियो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्स्योरेन्सले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा अधिकांश सूचकहरुमा प्रगति गरेको देखिन्छ ।

कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ४ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १० प्रतिशतले बढी हो गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ४७ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।

Esewa
Crest

हाल कम्पनीको चुक्रा पूँजी १ अर्ब १ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको चुक्ता पूँजी ६५ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । त्यस्तै कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा जगेडा कोषमा पनि ४९ प्रतिशतले सञ्चिती बढाएको छ । यस अवधिमा कम्पनीको जगेडा कोषमा ३९ करोड ५७ लाख रुपैयाँ सञ्चिती रहेको छ ।

त्यसैगरी चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा बीमा कोष ४९ प्रतिशतले वृद्धि हुँदै ३१ करोड १८ लाख पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा २० करोड ८६ लाख रुपैयाँ रहेको थियो ।

कुल बीमा शुल्क आर्जन रकम सामान्य १ प्रतिशतले वृद्धि हुँदै ३२ करोड ४४ लाख रुपैयाँ आर्जन गरेको छ भने कुल दावी भुक्तानी ३६ प्रतिशतले गिरावट भई ५ करोड ३२ लाख पुगेको छ ।

त्यस्तै कम्पनीको वार्षिक प्रति शेयर आम्दानी १९ रुपैयाँ २९ पैसा रहेको छ । किताबी मूल्य १ सय ६५ रुपैया ४४ पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS