IME Life New

एभरेष्ट इन्स्योरेन्सको प्रथम त्रैमासको विवरण सार्वजनिक,प्रति शेयर आम्दानी ७ रुपैयाँ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एभरेष्ट इन्स्योरेन्सले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ।  इन्स्योरेन्स कम्पनीमध्ये वित्तीय प्रतिवेदन सार्वजनिक गर्ने पहिलो बीमा कम्पनी पनि बनेको छ।

कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा २ करोड २ लाख खुद नाफा गरेको छ।  गत वर्ष सोही अवधिमा कम्पनीले ४६ लाख १४ हजार कमाएको थियो।  कम्पनीको खुद नाफा ३३८ प्रतिशतले वृद्धि भएको पनि आक्रामक रुपमा पुँजी वृद्धि हुँदा कम्पनीको प्रति शेयर आम्दानी घट्न पुगेको छ।  कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ७ रुपैयाँ ३८ पैसा छ।

Esewa
Crest

कम्पनीको जगेडा कोष ३७ प्रतिशतले वृद्धि हुँदै १५ करोड १२ लाख पुगेको छ भने बीमा कोष २१ प्रतिशतले वृद्धि हुँदै २३ करोड ७३ लाख पुगेको छ।

कुल बीमा शुल्क आर्जन रकम २४ प्रतिशतले वृद्धि हुँदै २५ करोड ७१ लाख पुगेको छ भने कुल दावी भुक्तानी २ प्रतिशत घट्दै १० करोड २८ लाख पुगेको छ।

कम्पनीको बजारमूल्य २२२ लाइ आधर मान्दा कम्पनीको मूल्य आम्दानी अनुपात ३० गुणा आउछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS