काठमाडौँ । एनएमबि बैंकले ३५ प्रतिशत लाभांश दिने भएको छ । बैंकले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई ३५ प्रतिशत लाभांश दिने भएको हो ।
बैंक सञ्चालक समितिको कार्तिक २४ गते सम्पन्न बैठकले शेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट २१ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीले पाउनेछन् ।