IME Life

स्वास्थ्य बीमामा २२ लाख सर्वसाधारण सहभागी

SPIL
NIC ASIA

काठमाडौँ । सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रममा उत्साहजन सहभागिता रहेको देखिएको छ । २०७२ चैत्र २५ गतेदेखि लागू भएको स्वास्थ बीमा कार्यक्रममा हालसम्म २२ लाख भन्दा बढी सहभागि भएका छन् ।

हालसम्म ४९ जिल्लामा विस्तार भएको स्वास्थ्य बीमा कार्यक्रममा कूल २२ लाख ४० हजार ४२४ जना नागरिकले सहभागिता जनाएका छन् । जसअन्तर्गत पुरुष १० लाख ६९ हजार ६५९ र महिला ११ लाख ७० हजार ७६५ जना रहेका छन् । स्वास्थ बीमा बोर्डका अनुसार हालसम्म कूल ८ लाख १५ हजार ११४ घरपरिवारले सहभागी जनाएको छ ।

Prabhu
Crest

हाल सातै प्रदेशमा स्वास्थ्य बीमा कार्यक्रम लागू भइरहेको छ । प्रदेश १ मा १४ वटा जिल्लामध्ये ९ वटा जिल्लामा विस्तार भईरहेको स्वास्थ्य बीमा कार्यक्रम ५ लाख ३५ हजार जना आवद्ध भइसकेका छन् ।

त्यस्तै, प्रदेश २ का ८ वटा जिल्लाका ५६ लाख १ हजार १७ जना स्वास्थ्य बीमाको दायरामा समावेश भएका छन् । बाँकी ३ जिल्लामा भने स्वास्थ्य बीमा कार्यक्रम लागू हुन सकेको छैन् । प्रदेश ३ को ५ वटा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ । गण्डकी प्रदेशमा ३ लाख ४५ हजार २७३ जनालाई स्वास्थ्य बीमा कार्यक्रममा आएका छन् ।

प्रदेश नम्बर ५ का ८ वटा जिल्लामा कार्यक्रम सञ्चालन भइरहेको छ । ३ लाख ९३ हजार ९७० जना स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन् । सुदुपश्चिम प्रदेशका ७ वटा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भइरहेको छ ।

स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भएपछि एक लाख रुपैयाँसम्मको उपचारको खर्च बोर्डले व्यहोर्ने हुँदा स्वास्थ्य बीमाप्रति सर्वसधारणको आकर्षण बढ्दो छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS