IME Life New

डेपुटी गर्भनर श्रेष्ठमाथि कारवाही गर्ने अर्थमन्त्रालयको पत्रमा के छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले अनियमितता सम्बन्धमा छानविन गर्न तीन सदस्यीय समिति बनाएपछि स्वतः निलम्वनमा परेका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई कारवाही गर्न सम्पत्ति शुद्धिकरण विभागमार्फत फाइल उठेको खुलेको छ । यद्यपि डेपुटी गभर्नर श्रेष्ठमाथि कारवाही गर्न अर्थमन्त्रालयले पठाएको पत्रमा भने गम्भिर आरोप लगाइएको छ ।

विभागले सम्पत्ति शुद्धिकरण निवारणमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर श्रेष्ठले असहयोग गरेको व्यवहोराको प्रतिवेदन अर्थमन्त्रालयमा पेश गरेपछि सो प्रतिवेदनमाथि गत असोज ३० गते बसेको मन्त्रिपरिषदको बैठकमा छलफल भएको खुलेको छ । सो छलफलमा सम्पत्ति शुद्धिकरण विभागको प्रतिवेदनको आधारमा आवश्यक कारवाही गर्न छानविन समिति बनाए एक महिनाभित्र प्रतिवेदन पेश गर्न अर्थमन्त्रालयमार्फत नेपाल राष्ट्र बैंक सञ्चालक समितिलाई निर्देशन दिएको पत्र सार्वजनिक भएको छ ।

Esewa
Crest

मन्त्रिपरिषद बैठकको निर्देशन प्राप्त भएपछि अर्थमन्त्रालका वित्तीय क्षेत्र व्यवस्थापन तथा समन्वयन महाशाखाका उपसचिव गोविन्दप्रसाद सुवेदीले कात्तिक ७ गते राष्ट्र बैंक संचालकहरुलाई पत्र पठाउदै मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयको निर्देशन कार्यान्वयन गर्न भनेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS