IME Life

आरएसडीसी लघुवित्तको साधारण सभा मंसिर १३ गते

SPIL
NIC ASIA

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले १६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्न मंसिर १३ गते साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि संस्थाले कात्तिक २९ गते देखि मंसिर १३ गते सम्म बुक क्लोज गर्दैछ । सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट प्रतिशत ५ बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले ३ करोड ८० लाख १० हजार ७२० रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । त्यस्तै, ६ करोड ३३ लाख ५१ हजार रुपैयाँ नगद लाभांश बाँड्नेछ । अब आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण प्रक्रिया अघि बढाइनेछ ।

Prabhu
Crest

सभामा आर्थिक वर्ष २०७५/७६ को नाफा नोक्सान सम्बन्धी हिसाबकिताबका सम्बन्धमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७६/७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा रहेको छ ।

त्यस्तै, आरएसडीसीले अन्य कुनै वित्तीय संस्थामा गाभ्न– गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पेश गर्नेछ ।

हाल कम्पनीको चुक्ता पुँजी ६३ करोड ३५ लाख १२ हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि आरएसडीसीको चुक्ता पुँजी ६७ करोड १५ लाख २२ हजार रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS