काठमाडौं । ओरियन्टल होटल (र्या्डिसन) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई बितरण गर्न प्रस्ताव गरेको लाभांस साधारणसभाले पारित गरेको छ । अघिल्लो आर्थिक वर्षको साधारण सभाले अनुमोदन गरेको १५ प्रतिशत थप शेयर निष्काशनको प्रस्तावलाई रद्ध गरेको छ ।
होटलको साधारण सभाले होटल सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको ५ प्रतिशत बोनस तथा १०.७९ प्रतिशत नगद लाभांस बितरणको प्रस्ताव पारित गरेको हो । १ अर्ब ७ करोड ४३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको होटको ५ प्रतिशत बोनस पश्चात चुक्ता पूँजी १ अर्ब १२ करोड ८० लाख रुपैयाँ पुगेको छ।