काठमाडौं । मल्टिपर्पस फाइनान्सको २४ लाख ८७ हजार २७८ कित्ता लिलामी सेयरमा आवेदन दिने आज बिहीबार (कात्तिक ७ गते) अन्तिम दिन रहेको छ । कम्पनीले असोज ३० गतेदेखि लिलामी खुला गरेको हो ।
कम्पनीले सर्वसाधारण समूहको ६ लाख २६ हजार ५५७ कित्ता र संस्थापक समूहको १८ लाख ६० हजार ७२१ कित्ता सेयर लिलामीमा ल्याएको छ ।
यसमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । संस्थापक सेयरमा न्यूनतम १ हजार कित्ता र सर्वसाधारणमा न्यूनतम १०० कित्ताका लागि आवेदन दिन पाइने कम्पनीले जनाएको छ ।
अधिकतम सबै कित्ताका लागि पनि आवेदन भर्न सकिनेछ । बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट सुन्धारा, काठमाडौं र मल्टिपर्पस फाइनान्सको केन्द्रीय कार्यालय राजविराज, सप्तरीबाट आवेदन दिन पाइन रहेको कम्पनीले जानकारी दिएको छ ।
यस्तै, सिभिल बैंकको विराटनगर, वीरगञ्ज, पोखरा, नेपालगञ्ज, विरेन्द्रनगर, धनगढी, बिर्तामोड, जनकपुर, हेटौंडा, नारायणघाट र घोराही शाखाबाट पनि बोलपत्र पेश गर्न गकिनेछ । सेन्चुरी कमर्सियल बैंकको बाग्लुङ र महेन्द्रनगर शाखाबाट पनि आवेदन दिन सकिने छ ।