IME Life New

कञ्चन डेभलपमेन्ट बैंकको प्रथम त्रैमासमा सामान्य प्रगति, यस्तो देखियो वित्तीय सूचक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कञ्चन डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको प्रथम त्रैमास सम्म कम्पनीले १ करोड ३९ लाख रुपैया खुद नाफा कमाउन सफल भएको छ। गत आर्थिक वर्षको प्रथम त्रैमास सम्म कम्पनी १ करोड १९ लाख रुपैयाँ खुद नाफा गरेको थियो।

कम्पनीको वार्षिक प्रति शेयर आम्दानी १० रुपैया ५३  पैसा रहेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको प्रति शेयर आम्दानी ९ रुपैया ०२ पैसा  थियो। कम्पनीले खुद नाफामा १७ प्रतिशतले वृद्धि गर्न सफल भएको छ भने प्रति शेयर आम्दानी १७ प्रतिशतको वृद्धि गर्न सफल भएको छ। मूल्य र आम्दानी अनुपात चाही करिव १६ गुणा रहेको छ भने निस्क्रिय कर्जा १  दशमलव ४६ प्रतिशत रहेको छ। कम्पनीको किताबी मूल्य १३६ रुपैयाँ ७६ पैसा रहेको छ।

Esewa
Crest

प्रमुख आम्दानीको स्रोत खुद व्याज आम्दानी ५१ प्रतिशतले वृद्धि भएर ७ करोड २५ लाख पुगेको छ।

निक्षेप संकलन ५ प्रतिशतले वृद्धि भएर ५ अर्ब ८१ करोड पुगेको छ भने आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीले कर्जा प्रवाहमा १  प्रतिशतले सामान्य वृद्धि गरेर ४ अर्ब ५९ करोड पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS