IME Life New

जापानमा राष्ट्रपति भण्डारीसँग भारतीय राष्ट्रपति कोविन्दको भेटवार्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । म्यानमारबाट सिधैं जापान पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीले आज विहान भारतीय समकक्षी रामनाथ कोविन्दसँग भेटवार्ता गरेकी छिन् । जापानका सम्राट् नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा सरिक हुन टोकियो पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति रामनाथ कोविन्दबीच मंगलबार बिहान भेटवार्ता भएको राष्ट्रपति कार्यालयले जनाएको छ । भारतीय राष्ट्रपतिमा कोविन्द चयन भएपछि राष्ट्रपति भण्डारीसँग पहिलो औपचारिक भेटघाट हो ।

जापानका सम्राट नारुहितोको शुभराज्यभिषेकका अवसरमा जापानको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान टोक्योमा भारतका राष्ट्रपति रामनाथ कोविन्दसँग भेटवार्ता गदै । तस्वीरः श्याम रिमाल (रासस)जापानमा भएको भेटवार्ताको अवसरमा भारतीय राष्ट्रपति कोविन्दले नेपाल भ्रमण गर्न निमन्त्रणा दिएकामा राष्ट्रपति भण्डारीलाई धन्यवाद व्यक्त गर्दै भ्रमणको निमन्त्रणा स्वीकारी कूटनीतिक तहबाट भ्रमणको व्यवस्था मिलाइने जानकारी दिएका छन् । राष्ट्रपति हुनुअघि पटक पटक नेपाल आईसकेका कोबिन्द राष्ट्रपति भएपछि छिट्टै नेपाल आउने जनाइएको छ ।
भेटवार्ताको अवसरमा दुवै पक्षबाट नेपाल भारत सम्बन्धलाई अझै बलियो बनाउँदै अझ व्यापक, फराकिलो, गहन र बहुआयामिक बनाइने दृढता व्यक्त गरिएको छ । भारतीय राष्ट्रपतिसँग पूर्वयोजना नभई भेटवार्ता गरिएको विषयमा विपक्षीहरुले एजेण्डा बनाउन सक्ने देखिएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS