IME Life New

कृषि विकास बैंकले पाँच करोडको बीमा दावीमा ढंग पुर्याएन, लाहान काण्डको बीमा दावी प्रक्रिया अन्योलमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कृषि विकास बैंकले लाहान शाखाबाट रकम चोरी भएको घटनाको बीमा दावी प्रक्रिया अलपत्र परेको छ । नेको इन्स्योरेन्सबाट विवादास्पद बीमा पोलिसी जारी गरेको कृषि विकास बैंकले गत असोजको पहिलो साता लाहान शाखाका कर्मचारीकै संलग्नतामा भएको पाँच करोडभन्दा बढि रकम चोरी काण्डको बीमा दावी कानुन अनुसार नगर्दा प्रक्रिया नै अलपत्र परेको हो ।
कृषि विकास बैंकको केन्द्रीय कार्यालय अन्तर्गत शाखा सञ्चालन विभागले केही दिन पहिले एउटा पत्र नेको इन्स्योरेन्समा पठाएको पत्ता लागेको छ । ‘अत्यन्तै गोप्य’ लेखेर पठाएको पत्रमा कृषि विकास बैंकको लाहान शाखाबाट करिब पाँच करोड रुपैयाँ चोरी भएको व्यहोराको जानकारी मात्रै गराइएको छ ।
बीमा दावी गर्दै पत्राचार गर्नुपर्ने हुन्छ । कम्पनीबाट घटनाको विवरणसहित बीमा दावी परेपछि बल्ल सम्बन्धित बीमा कम्पनीले सर्भेयर खटाउने काम गर्दछ । तत्कालै बीमा कम्पनीले पनि पुनर्बीमा कम्पनीलाई पत्र लेख्नुपर्ने हुन्छ । यता सर्भेयरले प्रारम्भिक घटना विवरणसहित क्षतिको विवरण तयार गर्नुपर्दछ । प्रारम्भिक प्रतिवेदन पुनर्बीमा कम्पनीमा पठाई उताबाट समेत सर्भेयर आएपछि दुवै कम्पनीका सर्भेयरले संयुक्त रुपमा प्रमाणिकरण गरेपछि मात्रै बीमा दावी भुक्तानीका लागि योग्य हुन्छ ।
नेको इन्स्योरेन्सले उक्त पत्रकै आधारमा बीमा दावी मानेर सर्भेएर खटाउने अवस्था नरहेको र बैंकको आगामी कदमको प्रतिक्षामा रहेको जनाएको छ । नेको इन्स्योरेन्सका दावी विभागका एक कर्मचारीले इन्स्योरेन्स खवरसँग भने, ‘पत्र आएको छ, त्यसमा जानकारी मात्रै छ ।’
यता, कृषि विकास बैंकले लाहान शाखाबाट पाँच करोडभन्दा बढि रकम चोरी भएको घटनाको बीमा दावी गरेको बताउँछ । कृषि विकास बैंकले केही दिन पहिले नेको इन्स्योरेन्स कम्पनीमा पत्रमार्फत लाहान शाखामा भएको क्षतिको बीमा दावी गरेको कृषि विकास बैंकको शाखा सञ्चालन प्रमुख अजय रिमालले इन्स्योरेन्स खवरलाई जानकारी दिए ।
उनले भने, ‘हामीले बीमा दावीका लागि पत्र लेखेरै पठाइसकेका छौं । सर्भेयर खटाउने, बीमा दावी प्रक्रिया अघि बढाउने जिम्मेवारी सम्बन्धित कम्पनीकै हुन्छ ।’ बीमा कानुन अनुसार कुनै पनि घटनाबाट क्षति भएको ६० दिनभित्र जानकारी गराईसक्नु पर्नेछ । लाहान शाखाबाट कर्मचारीको युजर नेम र पासवर्ड प्रयोग गरी असोज ५ गतेभन्दा अगाडि करिब पाँच करोड रुपैयाँ विभिन्न व्यक्तिका नाममा सारेर चोरी गरिएको थियो ।
नेको इन्स्योरेन्सले भने ‘अत्यन्त गोप्य’ शिर्षकमा घटनाको सामान्य जानकारीलाई बीमा दावी गरिएको भनेर उल्लेख गर्न नमिल्ने जनाएको छ । नेको इन्स्योरेन्सले बीमा पोलिसी नम्बरसहित बीमा दावीका लागि प्रक्रिया सुचारु गर्ने आशयको पत्रपछि मात्रै कानुनी रुपमा बीमा दावी मान्न सकिने जनाएको छ ।
कृषि विकास बैंकको नाममा नेको इन्स्योरेन्सले जारी गरेको बीमा पोलिसी नै विवादमा परेपछि सच्याइएको थियो । इन्स्योरेन्स खवरको समाचार प्रभावका कारण कृषि विकास बैंक, बीमा कम्पनीदेखि बीमा समितिसम्म चर्चा र बहसको विषय बनेको सोही बैंकिङ ब्याङ्क्वेट बीमा (बीबीआई) बीमा पोलिसी अन्तर्गत बीमा दावी गर्दा ढंग नपुर्याउँदा कृषि विकास बैंकको पाँच करोडको बीमा दावी गुम्न सक्नेछ ।
स्मरणरहोस्, यसअघि पनि काठमाडौंको स्वयम्भु शाखाबाट १० करोड रुपैयाँ हिनामिना काण्डको बीमा दावी गर्दा ढंग नपुर्याँदा पाँच करोड मात्रै भुक्तानी पाएको थियो । बीमा गर्दा समेत ढंग नपुर्याएको बैंकले बीमा दावी गर्दा समेत ढंग पुर्याउन सकेको छैन ।
लाहान शाखामा भएको घटनाको सम्बन्धमा संलग्न १७ जना अभियुक्तलाई पक्राउ गरी प्रहरीले कानुनी प्रक्रिया सुरु गरिसकेको छ । पक्राउ परेका व्यक्तिमध्ये एक जना शाखाकै कर्मचारी समेत छन् ।

 

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS