काठमाडौं । एनआइसी एसिया ब्यालेन्स फन्डको ७ लाख ५५ हजार इकाई आइतबारदेखि कारोबारका लागि खुला भएको छ । नेप्सेमा कात्तिक १ गते देखि इकाई सूचीकरण गराएपछि यो फन्ड कारोबारका लागि खुला भएको हो ।
सूचीकरणपछि यस फन्डको पहिलो कारोबार प्रतिइकाई १० रुपैयाँलाई आधार मानेर हुनेछ । एसिया एनआइसी एसिया क्यापिटलले साउन ८ गतेदेखि भदौ ८ गतेसम्म ‘एनआइसी एसिया ब्यालेन्स्ड फन्ड’ नाममा कुल १२ करोड ५० लाख इकाई निष्कासन गरेको थियो ।