IME Life New

संहिता उल्लंघनपछि जनरल इन्स्योरेन्स अप्ठेरोमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत असोज ३ गते संविधान दिवसको दिनदेखि लागू भएको आचार संहिता उल्लंघनमा पहिलो रेडर्क बसेपछि जनरल इन्स्योरेन्स कम्पनी अप्ठेरोमा परेको छ । अझ प्रतिस्पर्धी कम्पनीबाट ल्याइएकी कर्मचारीले असोज १ गतेदेखि ४ गतेसम्म दोहोरो तलव खाएको तथा भर्खरै आएकी कर्मचारीले दशैं पेश्की समेत लिएको खुलासा भएपछि झनै अप्ठेरो अवस्थाको सामना गर्नुपर्ने देखिएको छ ।

ढिलो वा चाँडो बीमक संघले सोध्ने स्पष्टीकरणमा के जवाफ दिने भन्ने समस्यामा जनरल इन्स्योरेन्स सामू आएको छ । ठूलो कारवाही नहुने तर नैतिक, कर्पोरेट कल्चरको मूल्यको प्रश्न उठ्ने गरी एचआरमै अन्य कम्पनीबाट कर्मचारी किन तान्नुपर्यो भन्ने प्रश्नको जवाफ समेत जनरल इन्स्योरेन्ससँग छैन ।

Esewa
Crest

बीमा क्षेत्र सम्बन्धी अनुभवी बजार राम्रो बुझेका तथा व्यापारलाई नै प्रभावित पार्न सक्ने कर्मचारी तानेको भएपनि कम्पनीलाई समेत फाइदा हुनसक्ने थियो । तर, ‘प्रशासन’ जहाँ खुला प्रतिस्पर्धाबाट कर्मचारी ल्याएर पुर्ति गर्न सकिन्थ्यो, त्यस्तो पदमा पहिलो आचार संहिता उल्लंघनकर्ता नै बन्ने गरी जनरल इन्स्योरेन्सले किन कर्मचारी तान्नु पर्यो ? प्रश्नको दवाव र चुनौति सामना गर्न जनरल इन्स्योरेन्सले मूल्य चुकाउनुपर्ने देखिएको छ । इन्स्योरेन्स खवरलाई प्रतिक्रिया दिँदै सिईओ एसके तमोटले भनेका थिए, ‘नियतबस होइन, बन्दुक पड्केका बेला काग आईपुग्यो र लागेजस्तो भयो ।’ तर व्यापारिक आधारमा कुनै फाइदा नहुने न ब्राण्डिङका हिसाबले समेत कुनै योगदान हुन्थ्यो, एसिस्टेन्ट म्यानेजर तहको कर्मचारी तान्दा आचार संहिता समेत लाग्ने जोखिम बहन गर्नुको पछाडि कुनै न कुनै खास कारण रहेको हुनसक्ने दावी सुत्रको छ ।

बाहिर खुला बजारबाट समेत पूर्ति गर्न सकिने कर्मचारी अन्य कम्पनीबाट ल्याउँदा एकातिर कम्पनीको बदनाम भने अर्कोतर्फ बीमक संघले आगामी दिनमा ठूलै अप्ठेरो पर्दा समेत साथ नपाउने अवस्था आउने भएकाले पनि जनरल इन्स्योरेन्सलाई डेपुटी म्यानेजर बनाइएकी रेमिना मानन्धर काण्ड निल्नु न ओकल्नु हुने निश्चित छ । जनरल इन्स्योरेन्सलाई रेमिना मानन्धरलाई दिएको नियुक्ती तथा तलव र दशैं बोनस खुवाएको सम्बन्धी प्रमाण नष्ट गर्न सक्नेतर्फ बीमक संघ समेत सचेत हुनुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS