Connect IPS
IME Life

कालोधन लुकाउने धन्दामा पशुपति सहकारी, १० लाख जरिवना

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सहकारी संस्थामा हुने लगानीको सम्बन्धमा प्रश्न चिन्ह उठिरहेको बेला ललितपुरको पशुपति सहकारी संस्थाले कालोधन शुद्धिकरण गरेको खुलासा भएको छ । सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी ऐन र निर्देशन पालना नगरेपछि सहकारी विभागले ललितपुरस्थित पशुपति सेभिङ एण्ड क्रेडिट सहकारीलाई १० लाख रुपैयाँ जरिवाना गरेको छ ।

सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी ऐन र सो सम्बन्धी निर्देशिका पालना नगरेपछि विभागले बुधबार जरिवाना गर्ने निर्णय गरेको हो । पटक–पटक सचेत गराउदा पनि निर्देशन पालना नगरेको कारण जरीवाना गर्ने निर्णय गराएको विभागले जनाएको छ । अनुसन्धानको क्रममा सो सहकारीले अबैध रुपमा लगानी गरेको भेटिएको बताइन्छ ।

Prabhu
Crest

पशुपति सेभिङ एण्ड क्रेडिट लिमिटेडले सहकारीले विभाग र राष्ट्र बैंकलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी निर्देशन सम्बन्धि प्रतिवेदन नबुझाएकाले जरिवाना गरिएको विभागले जनाएको छ । विभागले २०७४ माघ १५ गते सहकारीको लागि सम्पत्तिशुद्धीकरणसम्बन्धी निर्देशन जारी गरेको थियो ।

व्यवस्था अनुसार सहकारीहरूले १० लाख रुपैयाँभन्दा बढीको कारोबार गर्ने ग्राहकहरुबाट आम्दानी हुने स्रोत उल्लेख गराउनुपर्छ भने शंकास्पद कारोबारको विवरण समेत सूचना वित्तीय इकाईलाई जानकारी दिनुपर्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS