काठमाडौं । बैंक अफ काठमान्डूको १७ प्रतिशत लाभांश पारित भएको छ । बैंकको आज बिहीबार सम्पन्न साधारण सभाले आफ्ना शेयरधनीहरुलाई १७ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको बैंकले जनाएको छ ।
सभा एलिस रिसेप्सन, गैह्रीधारा काठमाडौंमा बिहान १० बजेबाट सुरु भएको थियो । बैंकले गत वर्षको नाफाबाट ११ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस निे प्रस्ताव पारित गरेको हो ।
बोनसपछि चुक्ता पुँजी वृद्धि भएकाले सोही बमोजिम नियमावली संशोधन गर्ने एजेन्डा पनि अनुमोदन भएको छ ।
त्यस्तै, सभाले आर्थिक वर्ष २०७५–७६ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा पनि पारित गरेको छ ।
आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा स्वीकृत भएको छ ।