IME Life New

बीमक संघले जारी गरेको संहिता ७२ घण्टाभित्रै उल्लंघन, जनरल इन्स्योरेन्स बन्यो पहिलो उल्लंघनकर्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यही असोज ३ गते संविधान दिवसको दिनदेखि नेपाल बीमक संघले लागू गरेको आचार संहिता ७२ घण्टा नबित्दै उल्लंघन भएको भेटिएको छ । बीमक संघले कडा अनुशासन तथा दण्ड जरिवनासहितको आचार संहिता लागू गरेपनि जनरल इन्स्योरेन्स कम्पनीले आचार संहिता उल्लंघन गर्दै अर्को प्रतिस्पर्धी कम्पनीबाट अधिकृत स्तरको कर्मचारी तानेर नियुक्त गरेको भेटिएको छ ।

असोज ३ गते जारी गरेको आचार संहिता विपरित असोज ५ गते युनाईटेड इन्स्योरेन्सकी एसिटेन्ट म्यानेजर रेमिना मानन्धरलाई जनरल इन्स्योरेन्स कम्पनीले आफ्नो कम्पनीमा भर्ना गरेको छ । असोज ३ गते जारी आचार संहितामा बीमा कम्पनीका उच्च पदस्थ कर्मचारीहरुलाई एक महिनाको कुलिङ पिरियड तोकिएको छ । तर, असोज ४ (३ र ४ गते बिदाअघि असोज २ गतेसम्म कार्यालयमा उपस्थित) गतेसम्म  युनाईटेड इन्स्योरेन्समा हाजिर गरिररहेकी मानन्धरलाई जनरल इन्स्योरेन्सले एक तह बढुवा गरेर डेपुटी म्यानेजरमा नियुक्ती दिएको छ ।

Esewa
Crest

जनरल इन्स्योरेन्स कम्पनीका सिईओ एसके तमोटले गल्ती भएको स्वीकार गरेका छन् । उनले मानन्धरलाई एक महिना अघि नै नियुक्ती दिइएको र असोज ५ गतेदेखि मात्रै काममा आएको दावी गरेका छन् । तमोटले इन्स्योरेन्स खवरसँग भने, संहिता विपरित जाँदैनौं, पालना गर्नुपर्छ, गर्छौ, गल्ती भएको कुरा सच्याउन तयार छौं ।’

युनाईटेड इन्स्योरेन्सले भने जनरल इन्स्योरेन्सलाई पत्र लखेरै बीमा आचार संहिता विपरित आफ्नो कम्पनीको कर्मचारीलाई भर्ना गर्नुको कारण प्रष्ट पार्न भनेको छ । युनाईटेड इन्स्योरेन्सले लेखेको पत्र जनरल इन्स्योरेन्स कम्पनीमा आईपुगेको सिईओ तमोटले स्वीकार गरे । सिईओ तमोटले भने, ‘युनाईटेडले कडा पत्र पनि लेखेको छ, बन्दुक हानेकै बेला काग बस्न आए जस्तो भयो, हामीले नियतवस उहाँको कर्मचारी ल्याएका होइनौं, संहिता उल्लंघन गर्दैनौं, गलत भएको भए निर्णय फिर्ता गर्न तयार छौं ।’

आचार संहिता विपरित युनाईटेडबाट जनरल इन्स्योरेन्समा नियुक्ती लिइएको रेमिना मानन्धर । तस्विरः फेसबुकबाट

उता, युनाईटेड इन्स्योरेन्सले बीमा समिति र बीमक संघलाई समेत सम्बोधन गरी संहिता उल्लंघन भएको भन्दै पत्र लेखिसकेको छ । बीमक संघले प्राप्त उजुरीमाथि छानविन गरी कारवाही गर्ने प्रावधान छ । बीमक संघले जारी गरेको आचार संहिताको पाँचौं नम्बरको बुँदामा अधिकृत वा सो भन्दा माथिका कर्मचारीलाई अर्को कम्पनीले नियुक्ती दिँदा एक महिनाको कुलिङ पिरियड लाग्ने अनिवार्य व्यवस्था गरिएको छ । तर, जनरल इन्स्योरेन्समा एचआर प्रमुखमा नियुक्त भएकी रेमिना मानन्धर असोज ४ गतेसम्म युनाईटेड इन्स्योरेन्समा हाजिर गरेर तलब लिई असोज ५ गते जनरल इन्स्योरेन्स कम्पनीमा नियुक्ती लिई हाजिर भएको खुलेको छ । अझ रोचक कुरा त के छ भने मानन्धरले असोज ४ गतेसम्मको तलब युनाईटेड इन्स्योरेन्सबाट तलव बुझेकी थिईन् । यता जनरल इन्स्योरेन्स कम्पनीमा पुरानो मितिमा नियुक्ती लिएकी मानन्धरले असोज १ गतेदेखिकै तलब बुझेको बताइन्छ । सिईओ तमोटले समेत उनले असोज १ गतेदेखि नै तलब बुझेको स्वीकार गरेका छन् ।बीमक संघले जारी गरेको आचार संहिताको दोस्रो नम्बरको बुँदामा बीमा कम्पनीमा कार्यरत सम्पूर्ण कर्मचारीलाई समेत आफ्नो दायराभित्र राखेको छ । बीमा कम्पनीहरुले प्रतिस्पर्धी कम्पनीका राम्रा कर्मचारीलाई एक तह बढुवाई दिई नियुक्त गर्ने अस्वस्थ प्रतिस्पर्धा बढेपछि २० वटै निर्जिवन बीमा कम्पनीहरुका सिईओहरुको हस्ताक्षरसहित बीमक संघले आचार संहिता जारी गरेको थियो । आचार संहिता उल्लंघन गर्ने बीमा कम्पनीमाथि संघले छानविन गरी दोषी देखिए सफाई पेश गर्ने मौका दिई कारवाही गर्न सक्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS