IME Life

नागरिक लगानी कोषको ५० हजार कित्ता शेयर लिलामीमा, एलआईसी नेपाल शेयर बिक्री गर्दै

SPIL
NIC ASIA

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको सेयर लिलामी बिक्री खुला गरेको छ । कम्पनीले आज मंगलबार (असोज २८ गते) बाट आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको ५० हजार कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो ।

कम्पनीले संस्थापक समूहको सेयर बिक्री खुला गरेको हो । लगानीकर्ताले यसमा न्यूनतम १ हजार ५ सय ९५ रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्ने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

उक्त लिलामी शेयरमा आवेदन दिने अन्तिम म्याद कात्तिक १८ गतेसम्म हुनेछ । यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै ५० हजार कित्तासम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ, हात्तिसार काठमाडौं र लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपालको केन्द्रीय कार्यालय पुतली सडक काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

त्यस्तै, नेपाल एसबिआई बैंकको विराटनगर, विर्तामोड, वीरगञ्ज, जनकपुर, हेटौडा र नारायणघाट शाखाबाट पनि आवेदन दिन सकिनेछ । एसबीआईकै पोखरा, बाग्लुङ, बुटवल, दाङ, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट पनि आवेदन दिन पाइने समेत कम्पनीले जानकारी दिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS