काठमाडौं । साइन रेसुङ्गा, पूर्णिमा र भार्गव विकास बैंकको आजबाट एकिकृत कारोबार शुरु भएको छ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले पूर्णिमा र भार्गवलाई एक्वायर गरी एकीकृत कारोबार समेत सुरु गरेको हो ।
साइन रेसुङ्गा, डेभलपमेन्ट बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार भएको छ । तीन वटै बैंकको संयुक्त निवेदनपछि राष्ट्र बैंकले असोज ९ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले असोज १६ गते एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिएका थिए ।
यी ३ बैंकको भदौ १४ गते सम्पन्न विशेष साधारण सभाबाट एक्विजिसन सम्बन्धी विशेष प्रस्ताव पारित गरेका थिए । एक्वायर पश्चात बैंकको केन्द्रीय कार्यालय बुटवल उप–महानगरपालिका वडा नं ६ मा रहने बैंकले जनाएको छ ।
एकीकृत कारोबारसँगै बैंकले ६ सदस्यीय नयाँ सञ्चालक समिति समेत गठन गरिसकेको छ । सञ्चालक समितिको अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ रहेका छन् ।