IME Life New

राष्ट्रपति भण्डारीको सारी बदलियो, सीको कोट फेरिएन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शनिबार दुई दिने राजकीय भ्रमणमा नेपाल आएका चिनियाँ समकक्षी सी जिनपिङलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी अपरान्ह विमानस्थल पुगिन् । विमानस्थलमा चिनियाँ राष्ट्रतिको स्वागत गर्दा कलेजी रंगको ब्लाउज र सुनौलो रंगको सारी लगाएकी भण्डारीले साँझ शितलनिवासमा औपचारिक भेटवार्ता गर्दा भने अर्कै पोशाकमा थिईन् ।विमानस्थलमै नेपाली सेनाले सलामी चढाउने, परिचय गराउने कार्यक्रम सम्पन्न गरेर शितल निवास फर्केपछि राष्ट्रपति भण्डारीले लगाएको सारी बदलिएको थियो । सुरुमा गोल्डेन कलरमा देखिएकी भण्डारी साँझ चिनियाँ सकमक्षी सीसँगको भेटवार्तामा राष्ट्रपति भण्डारीको सारीको रंग कालो थियो । कालो पृष्ठभूमिमा सिल्भर टल्किने सारीमा निलो रंगको ब्लाउज लगाएर सीसँगको भेटवार्ता र रात्रीभोजमा सरिक भएकी थिइन् ।उता, चिनियाँ राष्ट्रपति सी जिनपिङले भने व्यस्त कार्यतालिकाका कारण कोट फेर्न भ्याएनन् वा एउटै ड्रेस प्रयोग गर्ने निधो गरे तर बाहिर हेर्दा उनको कोटको रंग फेरिएन । काठमाडौंबाट फर्कदा उनले कोट बदले पनि रंग भने उस्तै थियो । चिनियाँ राष्ट्रपति सीको टाई भने फेरिएको थियो । विमानस्थलमा आकाशे रंगको टाई थियो भने साँझ राष्ट्रपति भण्डारीसँग भेटवार्ताको क्रममा रातो टाई लगाएका थिए ।

कालो–निलो मिसिएको कोटमा विमानस्थलमा देखिएका चिनियाँ राष्ट्रपति सी रातिको रात्रीभोजमा समेत सोही ड्रेसमा थिए । त्यस्तै आइतबार विमानस्थलमा चिनियाँ समकक्षी सीलाई विदाईमा जाँदा राष्ट्रपति भण्डारीको सारी बदलिएको थियो । आईतबार भण्डारी बुट्टे सारीमा सुनौलो रंगको ब्लाउजमा थिईन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS