IME Life New

ग्लोबल आइएमई लघुवित्तको शेयर लिलाममा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले हकप्रदमा अवितरित सेयर लिलाम मार्फत बिक्रि गर्ने भएको छ । लघुवित्तले यसअघि हकप्रद बिक्रि खुला गर्दा अवितरित सर्वसाधारण समुहतर्फको ५६ हजार ५ सय ६१ कित्ता लिलाम बढाबढ मार्फत बिक्रि गर्न लागेको हो ।

लघुवित्तले साउन २१ देखि भदौ २३ गते सम्म १स्१ को अनुपातमा शत प्रतिशतको दरले ११ करोड ४ लाख ५७ हजार ५ सय बराबरको ११ लाख ४ हजार ५७ हजार ५ सय कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । जस मध्ये १० लाख ४८ हजार १४ कित्ता शेयरको लागि मात्र आवेदन परेको बिक्रि प्रबन्धक लक्ष्मी क्यापिटलले जनाएको छ। कम्पनीले बाँकि रहेको शेयर लिलाम गर्ने भएको हो ।

Esewa
Crest

इच्छुक बोलकबोल दाताले असोज २८ गतेदेखि कात्तिक ५ गते बैंकिंङसमय भित्र नै आबेदन दिईसक्नुपर्ने लघुवित्तले जनाएको छ ।

बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताको लागि आबेदन दिनु पर्ने छ ।

इच्छुक बोलकबोल दाताले सेयर निष्काशन तथा बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटल तथा ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयबाट फर्म प्राप्त गरि आबेदन दिन सक्नेछन ।

बोलकबोल दाताले लिलाम प्रक्रियामा सहभागी हुनका लागि आवश्यक रकम ग्लोबल आइएमई क्यापिटलको नाममा रहेको कुमारी बैंक, पुतलीसडक शाखामा रहेको खाता नम्बर ००१००१७१४६०००००६ मा रकम जम्मा गर्न सक्नेछन। साथै बोलकबोल दाताले गुड फोर पेमेन्ट मार्फत समेत बोलपत्र पेश गर्न सक्ने लघुवित्तले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS