काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्ष २०७५।७६ को मुनाफाबाट शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । दशैंअघि बैंक सञ्चालक समितिको बैठक बसेर सो लाभांश निर्णय गरेको बिहिवार बैंकले जनाएको छ ।
असोज १७ गते बसेको प्रभु बैंक सञ्चालक समितिको बैंठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको १६ प्रतिशतले हुन आउने १ अर्ब ४२ करोड रुपैयाँ बराबरको बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि ०.८४ प्रतिशतले हुन आउने ७ करोड ४८ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सो निर्णयको व्यवहोरा बैंकले बिहिवार नेप्सेमा पेश गरेको छ । सञ्चालक समितिको निर्णय राष्ट्र बैंकबाट स्वीकृति तथा आगामी सधारणसभाबाट अनुमोदन पश्चात मात्रै वितरण हुनेछ ।