IME Life New

साईबर बीमाको जोखिम व्यवस्थापन संस्कार विकास हुन सकेनः अध्यक्ष चापागाई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले साईबर बीमा सम्बन्धी जोखिम व्यवस्थापन गर्ने संस्कारको विकास हुन नसक्दा बैंकहरुले ठूलो आर्थिक नोक्सानी व्यहोर्दै आएको बताएका छन् । बीमा समितिद्वारा बिहिवार आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै समितिका अध्यक्ष चापागाँईले भने, ‘हामीले छलफल गरेर साईबर पोलिसी तयार गर्यौं तर एउटा पनि बीमा भएनन् । उता, बैंकहरुमा साईबर आक्रमण भने झनै बढिरहेको छ । हाम्रोमा जति पनि जोखिमहरु आउँछन्, ति जोखिमहरु बीमामार्फत हुनुपर्दछ भन्ने संस्कारको विकास नै भएको छैन ।’अध्यक्ष चापागाईले जोखिम बहन बीमामार्फत गर्ने भन्ने संस्कारको विकास हुन नसक्दा सरकारी, निजि तथा बैंकिङ क्षेत्रले ठूलो आर्थिक नोक्सानी व्यवहोर्न बाध्य भएको बताए । बीमालाई संस्कारको रुपमा बुझ्ने भन्दा पनि बाध्यताको रुपमा बुझ्दा समस्या भएको बताए । अध्यक्ष चापागाईले स्थानीय सरकारसँग सहकार्य गरेबाट जीवन बीमामा व्यापक परिवर्तन गर्न सके पनि निर्जिवन बीमाको बजारलाई बुस्ट अवस्थामा लैजान नसकिएको बताए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS