IME Life New

बिदेशमा पनवलाई क्यान्सर, सन नेपाल लाईफले दियो पाँच लाख भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैदेशिक रोजगारीमा रहेकै बखत देवचूली ९ नवलपुर पवनकुमार शर्मा क्यान्सर रोगबाट पीडित बने । घातक रोग बीमा गरेका शर्माको उपचारमा ठूलो रकम खर्च लाग्ने भयो । उनले बीमा गरेका कारण घातक रोगको उपचार बापतको खर्च सन नेपाल लाईफबाट प्राप्त गरेका छन् ।बिहिवार एक कार्यक्रमका बीच सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका सहायक महाप्रबन्धक घनश्याम पूरीले क्यान्सर पीडित शर्मालाई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । सन नेपाल लाईफ इन्स्योरेन्सको टोली उनको घरैमा पुगेर सो रकम हस्तान्तरण गरेको सहायक महाप्रबन्धक पुरीले बताए । म्यादी बीमा गरेका पवन शर्माको निवासमा कम्पनीका बीमा अभिकर्ता एवम् मार्केटिङ म्यानेजर विश्वनाथ काफ्लेसहितको उपस्थिति रहेको थियो ।

बैदेशिक रोजगारीको सिलसिलामा विदेश पुगेका शर्मा क्यान्सर लागेपछि स्वदेश फर्केका थिए । बीमाबाट सारै प्रभावित भएका शर्माले सोही कार्यक्रममा आफ्नी छोरीको समेत जीवन बीमा गराएका छन् । आफ्नी कान्छी छोरी मनिषा शर्माको जीवन बीमा गर्दै क्यान्सर पीडित शर्माले घातक रोग बीमाबाट आफूले नयाँ जीवन पाउने आशा पलाएको बताउँदै बीमा कम्पनीप्रति आभार व्यक्त गरे ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS