IME Life New

ज्योति विकास बैंक दुर्घटना न्यूनिकरण अभियानमा, टोखामा ७० वटा ट्राफिक चिन्ह राखिदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति विकास बैंक दुर्घटना न्यूनिकरण अभियानमा जुटेको छ । दैनिक कुनै न कुनै दुर्घटनामा मानिसहरुको ज्यान जाने क्रम नरोकिएको सन्दर्भमा ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौंको टोखा नगरपालिकामा दुर्घटना न्यूनिकरण तथा सचेतना कार्यक्रममा सहभागी भएको सो बैंकले जनाएको छ ।टोखा नगरपालिका वडा नं २ कार्यालय तथा ज्योति बिकाश बैंकको सहकार्यमा सो क्षेत्रमा दुर्घटना न्यूनीकरण तथा सचेतना कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ । अभियान अन्तर्गत केही ट्राफिक चिन्हहरु स्थापना गरिएको छ भने जनचेतनामूलक अभियानहरु समेत सञ्चालन गरिएको छ । सो क्रममा ट्राफिक संकेत चिन्ह राख्ने काम सुरु भएको छ । सो अभियान अन्तर्गत ज्योति विकास बैंकले टोखादेखि झोरको मालुङसम्म ७० वटा ट्राफिक चिह्न राख्न राख्ने कार्यक्रमको सम्झौता र शुभारम्भ दुवै एकैसाथ गरिएको छ । सोमबार एक कार्यक्रममार्फत बैंकले आर्थिक सहयोग प्रदान गरेको हो । कार्यक्रममा प्रमुख आतिथिको नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले गरेका थिए भने विशिष्ट अतिथिको रुपमा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, उपमेयर ज्ञानी माया डङ्गोल तथा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीको उपस्थितिमा ट्राफिक चिन्ह राख्ने कार्यको औपचारिक रुपमा शुभारम्भ गरिएको थियो ।

सो कार्यक्रममा टोखा वडा नं २ का वडाध्यक्ष दिपकराज जोशको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यक्रममा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले आगामी दिनहरुमा पनि मेचीदेखि महाकालीसम्म सक्दो सहयोग पुर्याउने प्रतिबद्धता जनाएका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS