काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र आमा बहुउदेश्यीय सहकारी संस्थाबीच सम्झौता भएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका स्थित आमा बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले ‘गरिमा रेमिट’सञ्चालन गर्ने सम्बन्धमा बैंक र ुहकारीबीच सम्झौता भएको हो ।
यसमा गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र आमा बहुउदेश्यीय सहकारी संस्था लि.को तर्फबाट अध्यक्ष दुर्गा प्रसाद पाण्डेले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
यस सम्झौता पश्चात आमा बहुउदेश्यीय सहकारी संस्था लि.बाट गरिमा रेमिटमार्फत रकम पठाउन र भुक्तानी गर्न सकिनेछ ।
काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीयकार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौं उपत्यकाभित्र ९ वटा शाखा सहित देशभर ८७ शाखा र ४३ वटा एटीएममार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।