IME Life New

६६ करोडको आईपीओ प्रस्ताव पारित गर्दै ज्योति लाईफको साधारणसभा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दोश्रो वार्षिक साधारणसभा पोखरा, कास्कीमा सम्पन्न भएको छ ।

साभारण सभाको सभापतित्व कम्पनीका अध्यक्ष नन्द किशोर शर्माले गरेको थियो भने उक्त सभामा कम्पनीका संचालक, शेयरधनी, नियामक निकायका प्रतिनिधि, कार्यकारी उपप्रमुख, उच्च व्यवस्थापनका पदाधिकारी तथा कर्मचारीहरु लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

Esewa
Crest

साधारणसभामा कम्पनीका अध्यक्षले वार्षिक प्रतिवेदन प्रस्तुतीको क्रममा पहिलो वर्षमा नै कम्पनीको बलियो आधार स्तम्भ तयार भएकोले आगामी दिनमा व्यवसाय वृद्धीमा विशेष ध्यान दिइ कम्पनीलाइ अग्रणी स्थानमा पुर्याउने लक्ष्य रहेको र सोही अनुरुप नीति निर्माण गर्दै कार्य भैरहेको जानकारी गराए ।

साधारणसभाले संचालक समितिको प्रतिवेदन, आ.व. ०७४/७५ को लेखा परीक्षण प्रतिवेदन, नाफा नोक्शान हिसाब, नगद प्रवाह विवरण पारित गर्दै आ.व. ०७५/७६ को लागि लेखापरिक्षक नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ । साथै साधारणसभाले सर्वसाधारणको लागि छुट्याइएको कुल जारी पुँजीको ३० प्रतिशतले हुने ६६ करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्ने विशेष प्रस्ताव सहित सम्पुर्ण प्रस्तावहरु सर्वसम्मतीले पारित गरेको छ ।

उक्त सभामा बोल्दै कम्पनीका कार्यकारी उपप्रमुख  प्रकाश विक्रम खत्रीले पछिल्लो प्रगति विवरण जानकारी गराउने क्रममा कम्पनीले हालसम्म देशैभर १०३ शाखा/उपशाखा बिस्तार गर्दै रु.१.४१ अर्ब कुल बीमा शुल्क आर्जन गरी रु.२.४० अर्ब जस मध्ये ८५ प्रतिशत उच्च प्रतिफलमुलक निक्षेपमा दिर्घकालिन लगानी गर्न सफल भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS