काठमाडौं । एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकको बैंकिङ कारोबार आज असोज १० गते शुक्रबार बन्द रहने भएको छ । दुबै संस्थाको तथ्याङ्क एकीकृत गरी एउटै कोर बैंकिङ सफ्टवेयरबाट कारोबार गर्नु पर्ने भएकाले शुक्रबार कारोबार बन्द हुने जनाइएको छ ।
काठमाडौंमा केन्द्रिय कार्यालय रहेको एनएमबि र पोखरा चिप्लेढुंगामा मुख्य कार्यालय रहेको ओम डेभलपमेन्ट बैंकले एक आपसमा गाभिएर असोज ११ गतेदेखि एकीकृत कारोबार शुरु गर्देछन् ।
बैंकका सम्पूर्ण काउन्टरहरु, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एटीएमरपीओएस सेवा, रेमिट्यान्स सेवा तथा विद्युतीय माध्यमबाट प्रदान गर्ने सेवा लगायत सम्पूर्ण बैंकिङ कारोबार बन्द हुने बैंकद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।