IME Life New

लायन-इथोपियन एयरलाइन्स दुर्घटना पीडितलाई जनही १२ करोड, बोईङले ४१ अर्ब क्षतिपूर्ति तिर्नुपर्ने !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जहाजको फ्लापरमा जोडिएको त्रुटीपूर्ण अटोमेटिक मेशिनका कारण दुर्घटना भएको पुष्टि भएसँगै अमेरिकी जहाज निर्माता कम्पनी बोईङले ठूलो आर्थिक भार व्यहोर्नुपर्ने भएको छ । थाईल्याण्डको लायन एयरलाईन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका आफन्तले दायर गरेको मुद्दा हालै सेटलमेन्ट गरिएको छ । १७ जनाले दायर गरेको मुद्दामा बोईङले जनही १२ लाख डलर अर्थात १३ करोड ८० लाख रुपैयाँ प्राप्त गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।ब्लम्बर्गका अनुसार दुर्घटनाका पीडितहरुको गाउँमा बोईङका अधिकारीहरु पुगेका छन् । उनीहरुले त्यहाँ पुगेर दुर्घटनाका पीडितहरुलाई मनोवैज्ञानिक रुपमा नजिक हुन खोजेको चर्चा समेत चलेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार बोईङले करिब साढे ११ अर्ब रुपैयाँ जति पीडितका परिवारलाई दिने प्रस्ताव गरेको छ । तर, पीडितका परिवारहरुले मानिरहेका छैनन् । क्षतिपूर्ति बापतको रकम कति दिएको भन्ने सम्बन्धमा बोईङले आधिकारिक रुपमा केही बताउन चाहेको छैन ।साथै बोईङले कति रकम दियो ? भनेर समेत प्रष्ट खुलाउन चाहेको छैन । जहाजमा जडित यन्त्रकै कारण दुर्घटना भएको प्रतिवेदन सार्वजनिक भएसँगै प्रतियात्रु एक लाख रुपैयाँ बीमा दावी भुक्तानी बुझेका यात्रुहरुले पनि मुद्दा दायर गर्ने योजनामा रहेको चिकागोस्थित पीडितको पक्षमा वकालत गरिरहेका वकिललाई उध्रित गर्दै प्रकाशित समाचारमा उल्लेख छ ।

थाईल्याण्डको लायन एयरको जहाज इण्डोनेसियाबाट उडेको केही मिनेटभित्रैमा जमिनमा बजारिएर दुर्घटनाग्रस्त हुन पुगेको थियो । दुर्घटनामा १ सय ८९ व्यक्तिको मृत्यु भएको थियो । गत मार्चमा, इथियोपियाली एयरलाइन्सको जेट अफ्रिकामा दुर्घटनाग्रस्त भयो र १ सय ५७ जनाको मृत्यु भएको थियो । इथियोपियन एयरलाईन्सका दुर्घटनाका मृतकका १२ जना मुद्दा दर्ता गराएका छन् ।लायन एयर र इथोपियन एयरलाईन्सको जहाज दुर्घटनापछि बोईङ कम्पनीले ठूलो नोक्सानी व्यहोर्दै आएको छ भने शेयरको मूल्यमा भारी गिरावट आएको छ । बोईङ कम्पनीले दुर्घटनाका मृतकलाई मात्रै करिब ४१ अर्ब क्षतिपूर्ति दिनुपर्ने देखिन्छ भने ग्राउण्डेड भएका ३७१ वटा जहाजको क्षतिपूर्तिको विषय अझै बाँकी छ । चीन सहितका देशबाट अर्डर भएका सयौं जहाजको खरिद रद्द हुन पुगेका कारण बोईङ जहाजले यतिबेला इतिहासकै कठिन मोडमा पुगेको छ ।

Esewa
Crest

पुनर्बीमा कम्पनीहरुले समेत दुर्घटनाग्रस्त जहाजको बीमा दावी भुक्तानी गर्ने कि नगर्ने भन्ने सम्बन्धमा निर्णय गरिसकेका छैनन् । पुनर्बीमा कम्पनीले म्यानुफ्याक्चरर डिफेक्ट भएकोमा गहिरो परामर्श गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS