Connect IPS
IME Life

१७% लाभांश पारित गर्न बैंक अफ काठमान्डूको एजिएम असोज ३० गते, यस्ता छन् अन्य एजेण्डा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैंक अफ काठमान्डूको २४ औं वार्षिक साधारण सभा असोज ३० गते हुने भएको छ । सभा एलिस रिसेप्सन, गैह्रीधारा काठमाडौंमा बिहान १० बजे सुरु हुने जनाएको छ । असोज ७ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

साधारण सभा प्रयोजनका लागि बैंकले असोज १६ देखि ३० गतेसम्म बुक क्लोज गर्नेछ । यसर्थ, असोज १५ गतेसम्म कायम सेयरधनीले बैंकले वितरण गर्ने लाभांश पाउनेछन् ।

Prabhu
Crest

सभामा बैंकले १७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । बैंकले गत वर्षको कमाईबाट ११ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस वितरण गर्दैछ । बोनसपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम नियमावली संशोधन गर्ने एजेन्डा रहेको छ ।

त्यस्तै, सभामा आर्थिक वर्ष २०७५/७६ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि छ । यस्तै, आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

हाल बैंक अफ काठमान्डूको चुक्ता पुँजी ८ अर्ब ६ करोड ३१ लाख १ हजार रुपैयाँ रहेको छ । ६ प्रतिशत बोनस वितरणपछि चुक्ता पुँजी ८ अर्ब ५४ करोड ६८ लाख ८७ हजार ६० रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS