IME Life New

बीमा व्यवसाय वृद्धिसँगै जोखिम पनि बढ्दो : डा. फत्त बहादुर केसी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


काठमाडौं । बीमा क्षेत्रमा व्यवसाय बढेसँगै जोखिम पनि बढ्दै गएको बीमा समितिका पूर्व अध्यक्ष प्रा.डा. फत्त बहादुर केसीले औल्याएका छन् ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गको गणित स्कूलमा नयाँ भर्ना भएका एक्चुरीयल साईन्सका विधार्थीहरुलाई चौथो ओरेन्टेसन कार्यक्रमलाई सम्बोधन गर्दै केसीले भने, ‘सम्पूर्ण व्यक्तिको जोखिम वहन गर्न कम्पनीले आफनो जोखिमको बारेमा नसोचेको हो कि भन्ने पनि देखिएको छ ।’कार्यक्रममा बेल्दै बीमा समितिका पूर्व अध्यक्ष प्रा.डा. केसीले यस बिषयमा कम्पनीहरुलाई सचेत रहन आग्रह गरे ।

Esewa
Crest

बीमा बजारमा पछिल्लो समय बजारको मूल्याङकन र बीमीतको आवश्यकतालाई मध्यनजर गरेर भन्दा पनि कपी पोष्ट गरेर बीमा पोलिसी बजारमा भित्रिदै गएको र यस्तो पोलिसीले लक्षित वर्गलाई नसमेट्ने उनले बताए । कार्यक्रममा उनले विगतमा एक्चुरी साईन्सको स्थिती मनन गर्दै आजको दिनसम्म आईपुग्दा निकै सुधार भएको र विधाथीहरुको आकर्षणको पाटो बनेकोमा खुशी व्यक्त गरे ।

कार्य्रकममा बेल्दै, राष्ट्रिय बीमा संस्थानका प्रशासक कवि पाठकले एक्चुरीको अभावले सानो भन्दा पनि सानो निर्णयको लागि अरुमा आश्रित हुनुपर्ने अवस्था अझै रहेको बताए । ‘एक्चुरीको नाममा ठूलो धनराशी बाहिरीने क्रम जारी छ ।यसलाई मध्यनजर गरेर त्रिभुवन विश्विधालय अन्तर्गको गणित स्कूलले जनशक्ति उत्पादनमा लागेको छ । यसले भावी दिनमा बीमा बजारमा भएको जनशक्ति अभावलाई परिपूर्ती गर्न सहयोग गर्न उनले बताए । ’

यस बर्ष एक्चुअरियल साईन्सका लागि दुई सय जनाले आवेदन दिएका थिए । जसमा एक सय ६० जना उत्तीण भएका थिए । तर सिमित सिटका कारण ३६ जनाको मात्र कोटमा पर्न सफल भएका छन् । उक्त ३६ जनाको कोटामा ३ जना उत्तीर्ण भएका विधार्थीहरुलाई प्रथम सेमेस्टरमा निःशुल्क भर्ना हुने कार्यक्रम सयोजंक केशव राज फुलाराले बताए ।

३६ जनामध्ये प्रथम स्थानमा हासिल गर्न सफल भएका विधार्थी र दुई जना सरकारी विधालयबाट एसइई वा प्लस टु उत्तीर्ण गरेका विधार्थीलाई प्रथम सेमेस्टरमा छुट हुने कार्यक्रम सयोजंक फुलाराले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS