IME Life New

राष्ट्रिय वाणिज्य बैंकको २३८औं शाखा डोल्पाको डोल्पोबुद्ध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले डोल्पा जिल्लाको डोल्पोबुद्ध गाउँपालिकामा शाखा कार्यालय डोल्पोबुद्ध सञ्चालनमा ल्याएको छ । नेपाल सरकारका माननीय उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेल र माननीय संघीय सांसद जर्नादन शर्मा प्रभाकरले एक समारोहका बीच उक्त नयाँ शाखाको समुदघाट्न गरे । यससँगै बैंकको शाखा २३८ पुगेको छ ।

उक्त अवसरमा नेपाल सरकारका माननीय उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले सरकारी बैंकले देशकै उच्च हिमाली मानवबस्ती भएको स्थानमा शाखा सञ्चालन गरि बित्तीय पहुंच पुर्याएकोमा बैंकको थप प्रगतिको लागि शुभकामना ब्यक्त गरे ।

Esewa
Crest

बैंकले गत आ.व. २०७५र०७६ मा ५ अर्ब ३२ करोड रुपैंया खुद मुनाफा गरेको छ । यस अवधिमा बैंकको निक्षेप १ खर्ब ९० अर्ब रुपैंया, कर्जा १ खर्ब ४४ अर्ब रुपैंया र बेस रेट ५ दशमलव ५० प्रतिशत रहेको छ ।

बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २३८ वटा शाखा कार्यालय, २०४ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ ।

बैंकले बैंकिङ्ग क्षेत्रको विस्तार, वित्तीय पहुँचको लागि वित्तीय साक्षरता, बैंकलाई प्रतिस्पर्धी बनाएर युवाहरु लक्षित बैंकिङ्ग कारोबार संचालन, प्राथमिकता क्षेत्र तथा विपन्न वर्गमा कर्जा प्रवाह गर्दै नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सघाउ पुग्ने गरी बैंकिङ्ग सेवाहरु प्रवाह गरिरहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS