IME Life New

बीमा समितिले देशैभरिका जनप्रतिनिधिसँग अन्तरक्रिया गर्ने, अध्यक्ष चापागाई पालुङटारमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्थानीय सरकारसँग अन्तरक्रिया गर्ने कार्यक्रम लिएर बीमा समिति गोरखाको पालुङटार पुगेको छ । ‘स्थानीय तहसँग बीमा समिति’ भन्ने अभियान लिएर बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई आफै गोरखाको पालुङटार पुगेका हुन् ।

बीमा समितिले देशैभरि स्थानीय तहसँग बीमा समिति अभियान चलाउने भएको छ । समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले स्थानीय तहका जनप्रतिनिधिसँग बीमा समिति कार्यक्रम देशैभरि सञ्चालन गरिने योजना रहेको र सम्भव भएका ठाउँमा पुग्ने योजना रहेको बताए ।

Esewa
Crest

गाउँ गाउँमा कृषि, पशु बीमा कार्यक्रम प्रभावकारी हुन नसकेको भन्दै जनताले गुनासो गरिरहेका बेला बीमा समिति स्थानीय निकायसँग सहकार्य गर्न पालुङटार पुगेको हो । पालुङटार नगरपालिकाका मेयर इ. दिपक बाबु कँडेलको प्रमुख आतिथ्यमा स्थानीय निकायका ८० जनाभन्दा बढि जनप्रतिनिधिहरु समेत सहभागी कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, उपनिर्देशक तथा सूचना अधिकारी निर्मल अधिकारी, पालुङटार नगरपालिकाका कर्मचारीहरुसमेत सहभागी थिए ।कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई कार्यपत्र प्रस्तुत गरेर जनप्रतिनिधिहरुलाई बीमाको बारेमा जनचेतना फैलाउने प्रयास गरे । अध्यक्ष चापागाईले प्रस्तुत गरेको कार्यपत्रले स्थानीय जनप्रतिनिधिमा बीमा बारेमा जानकारी पाएको पालुङटार नगरपालिकाका मेयर कँडेलले बताए । मेयर कँडेलले बीमा समितिको प्रयासले स्थानीय जनप्रतिनिधिहरुलाई बीमा सम्बन्धी चेतनामा बृद्धि भएको र आगामी दिनमा कृषि बीमा, पशुबीमा बारेमा जनचेतना जगाउन सजिलो हुने बताए । मेयर कँडेलले जनता र बीमाको सम्बन्धका बारेमा जनतालाई बुझाउन जनप्रतिनिधिहरुलाई सजिलो भएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS