IME Life New

नेपाल लाइफद्धारा उत्कृष्ट एजेन्ट र एजेन्सी म्यानेजर पुरस्कृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

पोखरा । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा ब्रान्च म्यानेजर कन्फरेन्स सम्पन्न गरेको छ ।

कम्पनीले भदौ २१ देखि २४ गतेसम्म सञ्चालन गरेको उक्त कार्यक्रम एजेन्ट, एजेन्सी म्यानेजर, शाखा कार्यालय, उपशाखा कार्यालयलगायतका उत्कृष्ट कार्यसम्पादन गर्ने व्यक्ति तथा कर्मचारीलाई नगदसहित पुरस्कृत गर्दै सम्पन्न गरेको हो ।

Esewa
Crest

उक्त कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले गरेका थिए ।

कार्यक्रममा आगामी दिनका लागि कम्पनीको रणनिति निर्माण गरिनुका साथै विभिन्न मोटिभेशन र मनोरन्जनात्मक कार्यक्रम सञ्चालन गरिएको थियो ।

देशभरिका एजेन्ट, एजेन्सी म्यानेजर, क्षेत्रीय कार्यालय, शाखा कार्यालय, उपशाखा कार्यालयलगायतका कर्मचारीहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा एजेन्टतर्फ ५० र एजेन्सी म्यानेजरतर्फ ५० जनालाई नगदसहित पुरस्कृत गरिएको थियो । साथै कम्पनीले उत्कृष्ट कार्यसम्पादन गर्ने आफ्ना कर्मचारीहरूलाई पनि सम्मान गरेको छ ।

कार्यक्रममा एजेन्सी म्यानेजरतर्फको ‘एजेन्सी म्यानेजर अफ इयर’ अवार्डका लागि पहिलो हुने बिर्तामोड शाखाकी निर्मला खत्रीले तीन लाख ३३ हजार नगदसहित सम्मान–पत्र, दोस्रो हुने नयाँ बानेश्वर शाखाकी दुर्गाकुमारी खत्रीले एक लाख ८० हजार नगदसहित सम्मान–पत्र र तेस्रो हुने बिर्तामोड शाखाकै वेदनारायण गोदारले एक लाख नगदसहित सम्मान–पत्र हात पार्न सफल भएका छन् ।

त्यस्तै, एजेन्टतर्फको ‘एजेन्ट अफ द इयर’ अवार्डका लागि पहिलो हुने नयाँ बानेश्वर शाखाका अच्युत पौडेलले तीन लाख ३३ हजार नगदसहित सम्मान–पत्र, दोस्रो हुने बिर्तामोड शाखाकी प्रमिला बस्नेतले एक लाख ८० हजार नगदसहित सम्मान–पत्र र तेस्रो हुने बूढानीलकण्ठ शाखाका नैनबहादुर खत्रीले एक लाख नगदसहित सम्मान–पत्र हात पार्न सफल भएका छन् ।

कर्मचारीतर्फको ‘वेष्ट पर्फमेन्स अफ द इयर’ अवार्ड विर्तामोड शाखाका अमेन्द्र कुमार कर्ण र ‘वेस्ट रिजनल म्यानेजर अफ द इयर’ अवार्ड पूर्वाञ्चल क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रबन्धक टीकादत्त प्याकुरेललाई प्रदान गरिएको छ ।

नेपालको जीवन बीमा बजारको लगभग ३२ प्रतिशतभन्दा बढी बजार हिस्सा ओगटेको कम्पनीले आफ्ना कर्मचारी तथा एजेन्टहरूलाई प्रोत्साहन गर्न हरेक वर्ष यस्ता खालका सम्मान तथा उत्प्रेरणमूलक कार्यक्रमहरु गर्दै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले जानकारी दिए ।

उनले नेपालको इन्स्योरेन्स क्षेत्र विस्तारकै क्रममा रहेकाले हामी पनि देशैभरी जीवन बीमाको सहज पहुँच पुर्याउने शाखा विस्तारको रणनीतिमा रहेको बताए ।

झालेले कार्यक्रममा बोल्दै कर्मचारीको कार्यसम्पादन तथा अभिकर्ताको उत्प्रेरणा बृद्धिको लागि आवश्यक तालिम तथा उत्प्रेरणा मूलक कार्यक्रमका साथै संस्थागत सुशासनमा विशेष जोड दिए ।

हाल कम्पनीको चुक्ता पूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक ५ अर्ब ४९ करोड रुपैयाँ रहेको छ भने लगानी ७२ अर्ब रुपैयाँ रहेको छ ।

त्यस्तै, कम्पनीको जीवन बीमा कोष ६७ अर्ब रुपैयाँ रहेको छ । १ लाख २८ हजारभन्दा बढी प्रशिक्षित अभिकर्ता रहेको कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि देशभर फैलिएका करिब १ सय ८४ भन्दा बढी शाखा तथा उपशाखाहरूमार्फत जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

हालसम्म स्वदेश र विदेश गरी २६ लाख ३० हजार बढि व्यक्ति यस कम्पनीमा बीमित भईसकेका छन् । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरूसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS