IME Life New

कृषि विकास बैंकद्धारा शंकरदेव क्याम्पसलाई सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कृषि विकास बैंकले शंकरदेव क्याम्पसलाई सहयोग गरेको छ । बैंकले विधार्थी अल्मुनाईको आयोजनामा शंकरदेव क्याम्पसमा आयोजित करियर काउन्सेलिङ एण्ड नेटवर्किङ विषयक कार्यक्रममा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत क्याम्पसका कक्षा कोठामा राख्न ५० थान भित्तेघडी क्याम्पस प्रमुख कृष्ण प्रसाद आचार्यलाई हस्तान्तरण गरे ।

त्यसैगरी, व्यवसाय प्रवद्र्धन कार्यक्रम अन्र्तगत शंकरदेव क्याम्पस विधार्थी अल्मुनाइ एसोसियसनलाई सहयोग स्वरुप ५० हजारको चेक अल्मुनाइका अध्यक्ष अमोदा श्रेष्ठलाई प्रदान गरेका हुन् ।

Esewa
Crest

उक्त कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले आफु पनि उक्त क्याम्पसको पूर्व विधार्थी रहेको र आमन्त्रणका लागि धन्यवाद प्रदान गर्दै बैंक तथा क्याम्पस बिच लामो समय देखि व्यवसायिक सहकार्य रहेकोमा अवका दिनमा अझ बलियो सहकार्यको अपेक्षा गरे ।

कार्यक्रममा सहभागी विधार्थीसँग अन्र्त्क्रिया समेत गर्दै बैंकमा अत्याधुनिक तथा सुरक्षति कोर बैंकिङ सफ्टवेयर रहेकोे, ह्याकरले बेला वेलामा गर्ने आक्रमण प्रति बैंक सचेत समेत रहेको कुरा समेत व्यक्त गरे । बैंकले नेपाल सरकारले ल्याएकोे सहुलियतपूर्ण कर्जा कार्यक्रमलाई प्रथामिकताका साथ कार्यन्वयन ल्याएको, राष्ट्रिय अर्थतन्त्रमा बैंकको योगदान महत्वपूर्ण रहेको र भविष्यमा बैंकलाई ग्राहक र समयको चाहना अनुसार बैंकका सेवाहरुमा थप विस्तार गरिने बताए।

कार्यक्रममा अन्य बैंक, बिमा तथा विभिन्न कम्पनीका प्रबुद्ध व्यक्ति, व्यवसाय प्रवद्र्धन समूह समेत सहभागी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS