Connect IPS
IME Life

जनउत्थान सामुदायिक लघुवित्तको लिलामी शेयर भर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर लिलामीमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ १० गतेबाट सर्वसाधारण समूहको १८ हजार ५०३ कित्ता सेयर लिलामीमा ल्याएको हो ।

कम्पनीले यसअघि असार १२ गतेदेखि साउन १५ गतेसम्म २ लाख ८८ हजार कित्ता (१०० प्रतिशत) हकप्रद सेयर बिक्रीमा ल्याएको थियो । जसमा १८ हजार ५०३ कित्तामा आवेदन पर्न सकेको थिएन । नबिकेको हकप्रद सेयर अहिले लिलामी प्रक्रियामा ल्याइएको हो ।

Prabhu
Crest

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ । जनउत्थानको सोमबार नेप्सेमा प्रतिकित्ता ८९२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल, नारायणचौर नक्साल काठमाडौं तथा जनउत्थनाको मुख्य कार्यालय बुटवलबाट पनि आवेदन दिन सक्नेछन् । यसैगरी, सिद्धार्थ बैंकको विराटनगर, विर्तामोड, जनकपुर, हेटौडा, पोखरा, बाग्लुङ तथा बुटवलबाट आवेदन दिन सक्नेछन् । यसैगरी, नारायणगढ, घोराही, वीरगञ्ज, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।

हाल यस कम्पनीको चुक्ता पुँजी ४ करोड २९ लाख ६८ हजार रुपैयाँ छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS