काठमाडौं । बैंक अफ काठमाण्डूले आव २०७५।०७६ को सञ्चालन मुनाफाबाट ६ प्रतिशत बोनस शेयर सहित कूल १७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
यही भदौ १५ गते बसेको बैंकको कम्पनी सञ्चालक समितिकोे १३० औं बैठकले छ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित ११ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको र सो को जानकारी आज नेप्सेलाई दिएको छ । बैंक अफ काठमाडुद्वारा प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन् ।