IME Life New

बैंक सर्भर ह्याक घटनामा नेपाली पनि संलग्न ! खोजी गर्दै प्रहरी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शनिबार रातिदेखि आईतबार विहानसम्म भएको बैंक सर्भर ह्याक घटनामा नेपाली पनि संलग्न रहेको प्रहरीले आशंका गरेको छ । प्रहरीले ति शंकास्पद व्यक्तिको खोजी तीव्र पारेको जनाएको छ ।

काठमाडौं प्रहरी परिसरका एसपी अशोक सिंहले घटनामा नेपालीको पनि मिलेमतो रहेको आशंका व्यक्त गरे । उनका अनुसार यति ठूलो नेपाली रुपैयाँ डलरमा कन्भर्ट गर्ने जिम्मा लिने र बैंकका एटिएमको लोकेशन देखाउने काममा कोही न कोही नेपाली संलग्न छ । नेपालको चाडपर्वको मौका पारेर भएको सर्भर ह्याकमा यो सबै तारतम्य मिलाउन कोही न कोही नेपालीले सहयोग गरेको प्रहरीको विश्वास रहेको देखिन्छ । काठमाडौं प्रहरी परिसरका प्रमुख उत्तम सुवेदीले पनि घटनामा नेपालीले ब्याकिङ गरेको छैन भन्ने आधार नभएको बताउँछन् ।

Esewa
Crest

घटनामा संलग्नहरु दुई दिनअघि मात्रै काठमाडौंमा ओर्लिएको तथा सोमबार नै स्वदेश फर्कने टिकट समेत काटिसकेकाले उनीहरुले नियोजित रुपमा बैंकहरु टाट पल्टाउन गरी नेपालका अधिकांश एटिएमहरु रित्तो पार्ने उद्देश्यले काम गरेको देखिएको छ ।

हाल अनुसन्धानमा रहेको विषय भएकाले प्रहरीले खुलस्त नभने पनि चिनियाँ सामानको व्यापार गर्ने कुनै समुह यो घटनामा संलग्न हुनसक्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS