Connect IPS
IME Life

एकैरातमा राजधानीका सबै एटिएम रित्तो पार्ने नियोजित योजना असफल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ह्याकरहरुको एउटा टोलीले संघीय राजधानी काठमाडौंका अधिकांश एटिएम बुथ रित्तो बनाएर रकम निकाली भाग्ने नियोजित योजनामाथि प्रहरीले असफल बनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीको प्रहरी टोलीले चिनियाँ ह्याकरहरुले योजनाबद्ध तरिकाले काठमाडौंका विभिन्न बैंकका एटिएम रित्तो पार्ने योजना असफल पारेको हो ।

Prabhu
Crest

शनिबार मध्यराति बैंकमार्फत प्रहरीलाई आएको सूचना तत्काल कार्यान्वयन गरेका कारण करोडौं रुपैयाँ लूटपाट हुनबाट बचेको छ । यद्यपि बैंकको नेटवर्किङ सर्भर नै ह्याक गरेकाले कति रकम चोरी भयो भन्ने अझै एकिन तथ्याङ्क आइसकेको छैन । १८ वटा बैंकबीच नेटवर्किङ गरेको नेप्स नामक संस्थाले नेपाल राष्ट्र बैंकलाई दिएको तथ्याङ्क अनुसार एक करोड ६८ लाख ५४ हजार ४२० रुपैयाँ चोरिएको छ । जसमध्ये करिब एक करोड ३६ लाख रुपैयाँ प्रहरीले बरामद गर्न सफल भएको छ ।

उक्त रकम कुन कुन बैंकका एटिएमबाट निकालिएको हो भन्ने खुल्न सकेको छैन । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तम सुवेदीले पहिलो दायित्व अपराधीलाई कानुन बमोजिम कारवाही गर्ने र दोस्रो नेपालको बैंकिङ सिष्टम कहाँ चुकेको हो ? सो सम्बन्धमा अनुसन्धान गरिने बताए । सुवेदीले घटनामा संलग्नहरुको बहुआयामिक कोणबाट अनुसन्धान भइरहेको बताए ।

प्रहरीले घटनामा चिनियाँ नागरिकहरु लि जिनमेङ, लू जेई, झु लिङगाङ, क्वी योङिङ र चेन वीन वीनलाई प्रक्राऊ गरेको जनाएको छ । प्रहरीले सुरुमा दरवारमार्गस्थित नबिल बैंकको एटिममा शंकास्पद विदेशी नागरिक देखिएको भन्दै बैंकका कर्मचारीले नै प्रहरीलाई खवर गरेका थिए । लगत्तै प्रहरीले ति नागरिकलाई पक्राउ गर्दा विवरण दिन मानेका थिएनन् । प्रहरीले ति चिनियाँ नागरिकको साथबाट नक्सालमा रहेको माया मनोहर बुटिक होटलको साँचो बरामद गर्न सफल हुन्छ । साँचो बरामद लगत्तै मध्य राति नै प्रहरी टोली उक्त होटलमा पुग्दा कोठा नं २०१, ६०२, ६०४ तीन वटा रुममा बसेका अन्य नागरिकहरु भाग्ने तरखरमा थिए । प्रहरीले उनीहरुलाई लिफ्टबाट नियन्त्रणमा लिन सफल भएको आइतबार टेकुस्थित प्रहरी परिसरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा नेपाल बैंकर्स एशोसिएशन, नेपाल राष्ट्र बैंक र प्रहरीको तीन वटा टोलीले संयुक्त रुपमा उपस्थित भएको थियो । पत्रकार सम्मेलनमा ज्ञानेन्द्र ढुंगानाले व्यक्तिको खाताबाट रकम चोरी नभएको र बैंकको नेटवर्कको सिष्टमका छिरेर एटिएम मेशिनबाट रकम निकालिएको जानकारी दिए ।

साईबर बिज्ञका अनुसार नेटवर्क सिष्टम व्यवस्थापन गर्ने नेप्सको सर्भर ह्याक गरी बैंकलाई सूचना नै नदिई एटिएम मेशिनबाट रकम निकालिएको हो । उक्त घटनामा संस्थागत संलग्नता रहेको दावी समााचार सूत्रको दावी छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS