IME Life New

लुम्बिनी विकास बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लुम्बिनी विकास बैंकले राष्ट्रिय आधारभुत विद्यालयलाई सहयोग गरेको छ । बैंकले चितवनको भरतपुर महानगरपालिका वडा नं २६ खद्रौली, स्थित श्री राष्ट्रिय आधारभुत विद्यालयलाई स्कुलको छाना निर्माण तथा मर्मतका लागि आर्थिक सहयोग गरेको हो ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत उक्त सहयोग गरेको जनाएको छ । सो सहयोग बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष हिकमत बहादुर गुरुङलाई १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

Esewa
Crest

उक्त कार्यक्रममा बोल्दै, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले लुम्बिनी विकास बैंकले जिवन उपयोगी शिक्षाको ज्योती फैलाउदै समग्र देशको समुन्नतीको लागी योग्य जनशक्तिको आधार तयार गर्दै आएका यस किसिमका विद्यालयहरुलाई विभिन्न किसीमले सक्दो सहयोग गर्दै जाने बताए ।

हालसम्म बैंकले देशभरका ६५ शाखाहरु र १३ वटा एटिएमबाट आफ्ना करिब २ लाख ४० हजार ग्राहकलाई उच्च स्तरीय आधुनिक एवं नविनतम प्रविधिसहितको बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले २०७६ असार मसान्त सम्ममा २४ अर्ब ८० करोड निक्षेप संकलन गरी २२ अर्ब ७६ करोड कर्जा प्रवाह गर्नुका साथै आ.व. २०७५/०७६ को आषाढ मसान्तसम्ममाको अपरिष्कृत वित्तीय विवरण अनुसार वोनस र कर अघि ९३ करोड ६० लाख मुनाफा आर्जन गर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS