काठमाडौं । बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एशोसिएशनको बैठक केहीबेर अघि सकिएको छ । बैठकमा सञ्चार माध्यमहरुका कारण बैंकले पाउन लागेको ब्रोकर लाईसेन्स रोकिएको भन्दै सञ्चार माध्यमहरुको चर्को आलोचना भएको छ ।
आज विहानै बसेको बैकर्स संघको बैठकले नेप्सेले स्थगन गरेको बैंकलाई ब्रोकरको लाईसेन्स दिने प्रक्रिया तत्काल सुचारु गर्न माग गर्ने निर्णय गरेको छ । बैठकमा मिडियामा गलत अफवाह फैलाएको भन्दै आलोचना भएको बैठकमा सहभागी एक सदस्यले बताए । बैठकमा बैंकलाई ब्रोकरको लाईसेन्स दिने प्रक्रियाका विरोध गर्ने मिडियाका विरुद्धमा प्रेस काउन्सिलमा उजुरी गर्ने विधि र प्रक्रियाको बारेमा समेत छलफल भएको जनाइएको छ ।
बैठकले नयाँ परिपत्र अनुसारको औषत ब्याजदर अन्तर गणना गर्ने विधि सच्याउन नेपाल राष्ट्र बैंकसँग माग गरेको छ ।