नयाँ जीवन बीमा कम्पनी मध्यको एक युनियन लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष ७५/७६ को चौथो त्रैमास सम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीले आर्थिक वर्ष ७५/७६ मा ३ अर्ब ६ करोड कुल बीमा शुल्क आर्जन गरेको छ भने २ अर्ब ९५ करोड खुद बीमा शुल्क आर्जन गरेको छ।
कम्पनीको जगेडा कोष १११ प्रतिशतले वृद्धि हुँदै १६ करोड ९६ लाख पुगेको छ भने जीवन बीमाकोषमा ४३१ प्रतिशतको वृद्धि देखिएको छ। कम्पनीको जीवन बीमा कोषमा २ अर्ब १२ करोड रुपैयाँ संचित रहेको छ। कम्पनीले आर्थिक वर्ष ७५/७६ मा ९ करोड ९३ लाख खुद नाफा गरेको छ। आर्थिक वर्ष ७४/७५ को यसै अवधिमा कम्पनीले ७ करोड ६६ लाख खुद नाफा गरेको थियो।