Connect IPS
IME Life

सिटिजन लाइफको कुल बीमा शुल्क आर्जन एक अर्ब १६ करोडमाथि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । इन्स्योरेन्सले उक्त अवधिमा एक अर्ब १६ करोड ५१ लाख ६१ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आवको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन एक सय ९० प्रतिशतले बृद्धि भएको छ ।

अघिल्लो आवको सोही अवधिमा कम्पनीले ४० करोड २० लाख ५० हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको थियो । एक अर्ब ७५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको २५ करोड १० लाख ६३ हजार रुपैयाँ जगेडा कोषमा जम्मा रहेको छ ।

Prabhu
Crest

आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको अवधिमा कम्पनीको जीवन बीमा कोषमा ६६ करोड ५६ लाख २२ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा ११ करोड ८१ लख ५७ हजार रुपैयाँ रहेको थियो ।

आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको अवधिसम्म आइपुग्दा कम्पनीले १ अर्ब १२ करोड ८४ लाखख ८६ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिको तुलनामा यो २१३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ३६ करोड ५ लाख ९५ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

चौथो त्रैमासको अवधिमा कम्पनीमा ४८ हजार ७ सय ८६ वटा बीमालेख जारी भएका छन् । यो १२ प्रतिशतले घटी हो । गत आवको सोही अवधिमा कम्पनीमा ५५ हजार ५ सय ४० वटा बीमालेख जारी भएका थिए । यद्यपि उक्त संख्या वित्तिय विवरणमा देखिए पनि म्यादी जीवन बीमाको संख्याका कारण गत वर्षको संख्या धेरै भएको र यस वर्ष म्यादी जीवन बीमा पुलतर्फ सरेकाले वित्तिय विवरणमा समावेश हुन नसकेको कम्पनीले जनाएको छ ।

त्यस्तै आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको अवधिमा कम्पनीले ५० करोड ४ लाख ६५ हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । गत आवको सोही अवधिको तुलनामा यो ७२० प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ६१ ह्जार ५८ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको थियो ।

आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको अवधिमा कम्पनीले १७ करोड ४ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । जीवन बीमा कम्पनीहरुको मुनाफा लगायतको वित्तिय विवरणहरु लेखापरिक्षणको क्रममा बीमांकीय मूल्याङ्कनको क्रममा फेरबदल हुनसक्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS