IME Life New

प्राविधिकलाई तालिम दिदै पञ्चकन्या ग्रुप

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

पञ्चकन्या ग्रुपले हालै राजधानीमा आयोजित एक कार्यक्रम मार्फत जापानिज कम्पनी हाजमा–अन्डूद्वारा प्रसुती गृहको नया“ बन्दै गरेको भवनमा कार्यरत जापानिज तथा नेपाली इञ्जिनियर, ओभरसियर र प्राविधिकहरुलाई सिपिभिसि तथा पिभिसि पाईप जडान सम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान प्रदान गरेको थियो । उक्त  कार्यक्रम मा  २५ जना प्राविधिकहरुको उपस्थिति थियो ।


यस्तै खालको सिपिभिसि पाईप तथा फिटिङ्गस सम्बन्धी प्राविधिक सेमिनार काठमाडौंको लाजिम्पाटमा श्रावण २५ गते गरिएको थियो । सो अवसरमा शहरी विकास मन्त्रालयका सहसचिव तथा भवन विभागका महानिर्देशक, उपमहानिर्देशक, इञ्जिनियर, ओभरसियर तथा प्राविधिकहरु गरी ६० जनाको उपस्थिति रहेको थियो । उक्त कार्यव्रmममा जापानको सेक्युसी कम्पनीबाट आएका प्राविधिकहरुले सिपिभिसि प्रोडक्टबारे जानकारी गराएका थिए । साथै दुवै कार्यव्रmममा पञ्चकन्या ग्रुपका संचालक तथा गु््रपका बरिष्ठ कर्मचारीहरुको उपस्थिति रहेको थियो। यस्ता प्रकारका तालिम, सेमिनार तथा अन्तरकृयाले कार्य सम्पादन गर्न सजिलो हुने र गुणस्तरीय सामान छनौट गर्न प्रभावकारी हुने गु््रपले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS