IME Life New

सुबिसु आगोलागीको बीमा दावी भुक्तानी प्रक्रिया सुरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बुधबार भिषण आगोलागी पछि सम्पूर्ण सामग्री जलेर नष्ट भएको भनिएको सुबिसु केवल नेटको बालुवाटारस्थित सर्भर सेन्टरको बीमा दावी भुक्तानी प्रक्रिया सुरु भएको शिखर इन्स्योरेन्सले जनाएको छ । बालुवाटारस्थित सुबिसु सर्भर सेन्टरको बीमा गर्ने शिखर इन्स्योरेन्सको नयाँ सडकस्थित शाखा कार्यालयका ब्रान्च म्यानेजर सन्तो पाण्डेले दिएको जानकारी अनुसार बीमा दावी भुक्तानी प्रक्रिया सुरु भइसकेको हो ।

Esewa
Crest

इन्स्योरेन्स खवरसँग कुराकानी गर्दै शाखा प्रमुख पाण्डेले भने, ‘घटना लगत्तै हाम्रा सर्भेयरहरु पुगेर क्षतिको विवरण सकंलन गरिसक्नु भएको छ, अब प्राविधिकहरुसँग बसेर छलफल पश्चात प्रिमिलरी रिपोर्ट तयार हुनेछ ।’

बीमा दावी भुक्तानीको प्रक्रिया अनुसार प्रिमिलरी रिपोर्ट नआएसम्म क्षतिको विवरण एकिन गर्न सकिदैन । शिखर इन्स्योरेन्सका अनुसार एक/दुई दिनभित्रैमा प्रिमिलरी रिपोर्ट तयार गरी रि-इन्स्योन्स कम्पनीमा पठाइनेछ । रि-इन्स्योरेन्स कम्पनीबाट सर्भेएर खटिएपछि ज्वाईन्ट सर्भेयरले प्रिमिलरी रिपोर्टको आधारमा प्रमाणित गर्ने काम भएपछि मात्रै क्षतिको एकीन तथ्याङ्क प्राप्त हुनेछ । त्यसपछि रि-इन्स्योरेन्सले भुक्तानी दिनेछ भने बाँकी बीमा गर्ने कम्पनीले थपेर भुक्तानी गर्नेछ ।

ढिलोमा १५ दिनभित्रैमा सम्पूर्ण क्षतिको विवरण आउने गरी काम सुरु भइसकेको शिखर इन्स्योरेन्सले जनाएको छ ।

इन्स्योरेन्स सूत्रका अनुसार सुबिसुले शिखर इन्स्योरेन्समा करिब दुई दर्जन वटा बीमा पोलिसी खरिद गरेको छ । विभिन्न उपकरणहरुका छुट्टा छुट्टै पोलिसी जारी गरिएको कारण अहिले कुन कुन पोलिसीका उपकरणहरु जलेर नष्ट भए भनेर जाँच गर्ने काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS