IME Life New

सिटिजन लाइफद्वारा बिजनेस अवार्डस् कार्यक्रम, उत्कृष्ट शाखाहरु पुरस्कृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । जीवन बीमा कम्पनी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले होटेल सोल्टी क्राउन प्लाजा, काठमाडौंमा, सिटिजन लिडर्स नाइट नामक कार्यक्रम सम्पन्न गरेको छ । सो कम्पनीले उक्त कार्यक्रममा देशभरका उत्कृष्ट शाखा र आफ्नो सेल्स टिमका सदस्यहरुलाई विभिन्न विधाहरुमा उत्कृष्ट घोषणा गरी पुरस्कृत गरेको हो ।

कार्यक्रममा कम्पनीका अध्यक्ष प्रदीपजङ्ग पाण्डे तथा प्रमुख अतिथिको रुपमा कम्पनीका ब्राण्ड एम्बस्डरद्धय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ तथा सञ्चालक समितिका सदस्यहरुको उपस्थित रहेको कम्पनीले जनाएको छ ।

Esewa
Crest

कार्यक्रममा कम्पनीका चार जना शाखा प्रमुखहरु, क्षेत्रिय स्तरका चार उत्कृष्ट शाखा प्रमुखहरु, सात उत्कृष्ट शाखा प्रमुखहरु, उत्कृष्ट एजेन्सी मेनेजरहरु, उत्कृष्ट युनिट मेनेजरहरु तथा उत्कृष्ट एजेन्टहरुका साथै कम्पनीका विभिन्न क्लबहरुका सदस्यहरुलाई पुरस्कृत गरिएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत कवि फुयालले आगामी दिनहरुका लागि बोकेको लक्ष्य र कम्पनीको भावी योजना बारे प्रशिक्षण दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि र कम्पनीका ब्राण्ड एम्बेस्डरद्धय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ, कम्पनीका अध्यक्ष प्रदीपजङ्ग पाण्डे तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री पोषक राज पौडेलले पनि कार्यक्रममा आ–आफ्नो मन्तव्य प्रस्तुत गरी सिटजन लिडर्सहरुको हौसला अझ बढाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS